ओलीको गृहनगर दमकको मेयरमा राप्रपाकाे अग्रता, उपमेयरमा एमाले अगाडि
नेपालखोज
२०७९ जेठ ५ गते १४:२०

झापा । दमक नगरपालिकाको मेयरमा राप्रपाका रामकुमार थापाले अग्रता कायम्रै राखेका छन् । उनले यो समाचार तयार पारुन्जेल १४,१७५ मत ल्याएका छन् । एमालेकी गिताकुमार पौडेल अधिकारीले १३,४६० मत ल्याएकी छन् ।
राप्रपाका थापा एमालेकी गीताभन्दा ७१५ मतले अगाडि छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका थमबहादुर लिम्बुले २१५ मत ल्याएका छन् ।जनता समाजवादी पार्टीका पवन विष्टले ४१ र मंगोल नेशनल अर्गनाइजेशनका दीपेशकुमार राईले ५२ मत प्राप्त गरेका छन् ।
यसैबीच नेपाली कांग्रेसकी रेगिना भट्टराई अगाडि छन् । उनले १३, ५९६ ल्याएकी छन् । एमालेका अम्बिकाप्रसाद खनालले १३,२९९ मत ल्याएर दोस्रो स्थानमा छन् ।
सम्बन्धित
प्रतिक्रिया