सोमबार, वैशाख ८, २०८२

पोखराको मेयरमा एकीकृत समाजवादीका धनराजको २१८८० मत, कृष्णबहादुर पछिपछि

नेपालखोज २०७९ जेठ ५ गते १४:५७

पोखरा । पोखरा महानगरका मेयरमा एकीकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यको अग्रता कायमै छ । यो समाचार तयार पारुन्जेल उनले २१,८८० मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले १९,३८८ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले २,१८६ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेद्वार खडकराज पौडेलले १,१८३ मत ल्याएका छन् ।

यसैबीच उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले २२,१३१ मत ल्याएकी छन् । कांग्रेसकी कोपिला रानाभाटले २२,१२२ मत ल्याएकी छन् । राप्रपाकी रञ्जनाकुमारी सेन पौडलले १९४९ मत ल्याएकी छन् ।

प्रतिक्रिया