२३ अंकले नेप्से घट्दा १ अर्ब ३० करोडको कारोबार

काठमाडौं । नेप्से पुनः घटेको छ । अघिल्लो दिन आठ दशमलव ९० अंकले बढेको नेप्से आज (बिहीबार) भने २३ दशमलव ५१ अंकले घटेर २२ सय ५० दशमलव ९१ अंकमा झरेकोे छ । सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८८ अंकले घटेर चार सय ३७ दशमलव २१ अंकमा झरेको छ ।
दुई सय १९ कम्पनीको २३ हजार पाँच सय ६९ पटकको कारोबारमा ३७ लाख ९८ हजार दुई सय ६३ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ३० करोड नौ लाख ८१ हजार नौं सय ९६ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक सामान्य अंकले बढे पनि बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव ५७ अंकले घटेर १५ सय ५० दशमलव २९ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ८३ अंकले घटेर तीन हजार आठ सय ८८ दशमलव ७३ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक ४४ दशमलव ७४ अंकले घटेर २५ सय ६७ दशमलव ४० अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक एक सय ४३ दशमलव पाँच अंकले घटेर नौ हजार ६ सय ८८ दशमलव २० अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक एक सय ७२ दशमलव २८ अंकले घटेर ११ हजार ३३ दशमलव ९० अंकमा झरेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ४५ प्रतिशतले बढेर पाँच सय १९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा लुम्बिनी जनरल इस्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने सात दशमलव आठ प्रतिशतले घटेर पाँच सय २५ रुपैैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज प्रभु बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय ४५ रुपैयाँ अन्तिम मूल्यमा १२ करोड ८१ लाख ७९ हजार नौं सय ६२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया