२५६ पालिकामा कांग्रेसको नेतृत्व, पछ्याउँदै एमाले र माओवादी

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म २५६ पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।
यो समाचार तयार पार्दासम्म ६५ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १६५ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । ३३ पालिकामा भने एमाले अग्रस्थानमा छ ।
माओवादी केन्द्रले १०६ पालिका प्रमुखमा जित निकालेको छ भने १३ स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले १२ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने सात पालिकामा अग्रस्थानमा छ ।
नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । जसपाले १६ पालिका प्रमुख जित निकालेको छ भने १९ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । यस्तै लोसपा तीन स्थानमा जित हासिल गरेको छ भने ९ स्थानको पालिका प्रमुखमा अगाडि छ ।
प्रतिक्रिया