सोमबार, वैशाख ८, २०८२

२३,५८४ मतसहित बालेन्द्र अघिअघि, केशव र सिर्जना पछि…

नेपालखोज २०७९ जेठ ५ गते १६:३०

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले २३ हजार ५८४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै !’ को अवस्था बनेको छ । केशव र सिर्जनाको मत परिणाम कछुवाको गतिमा अघि बढिरहेको छ ।

पछिल्लो मत परिणामअनुसार स्थापितले १२,३८० मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन ११ हजार २०४ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ४९९ मत प्राप्त गरेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ६६७ र विवेकशीलकी समीक्षा बास्कोटाले १३९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा सुनीता डंगोलले १९ हजार ९५६ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ६,३१६ मत प्राप्त गरेका छन् । उपमेयरमै राप्रपाकी विनीता मगैयाले ३,४४९, स्वतन्त्र उम्मेद्‌वार बेन्जीसिंह महर्जनले १,५२१, विद्या श्रेष्ठ (महर्जन) ले १११९ प्राप्त गरेका छन् । यस्तै विवेकशील साझाकी कीर्ति कंसाकरले ५७६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार रिंकु श्रेष्ठले ६२ मत प्राप्त गरेकी छन् भने नेपाल मजदुर किसान पार्टीकी सविता श्रेष्ठले जम्मा २० मत ल्याएकी छन् ।

प्रतिक्रिया