सोमबार, वैशाख ८, २०८२

कांग्रेसको वर्चश्व २६० पालिकामा, एमाले र माओवादी पछ्याउँदै

नेपालखोज २०७९ जेठ ५ गते १९:४५

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म २६० पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म ६२ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १६७ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । ३२ पालिकामा भने एमाले अग्रस्थानमा छ ।

माओवादी केन्द्रले १०६ पालिका प्रमुखमा जित निकालेको छ भने १४ स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले १४ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने पाँच पालिकामा अग्रस्थानमा छ ।

नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । जसपाले १६ पालिका प्रमुख जित निकालेको छ भने १९ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । यस्तै लोसपा चार स्थानमा जित हासिल गरेको छ भने आठ स्थानको पालिका प्रमुखमा अगाडि छ ।

प्रतिक्रिया