गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले
नेपालखोज
२०७९ जेठ ५ गते २०:११

काठमाडाैं । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार आज सार्वजनिक भएको अन्तिम मत परिणाममा गढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका आशनारायण चौधरीले आठ हजार ९०१ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेश दत्तले पाँच हजार ३५० मत ल्याए । उपाध्यक्षमा नेकपा एमालेका अनिताकुमारी साहले सात हजार ८१५ मत प्राप्त गरी विजयी भएका छन् भने उनको प्रतिस्पर्धी कांग्रेसका राजकुमारी चौधरीले पाँच हजार ८३८ प्राप्त गरेका थिए ।
छवटा वडा रहेको यस गाउँपालिकामा पाँचवटा वडामा वडाध्यक्ष एमाले र एकमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । रासस
सम्बन्धित
प्रतिक्रिया