२७८ पालिकाको नेतृत्वमा कांग्रेस, एमाले र माओवादी पछ्याउँदै

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म २७८ पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।
यो समाचार तयार पार्दासम्म ४५ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १७४ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । २४ पालिकामा भने एमाले अग्रस्थानमा छ ।
माओवादी केन्द्रले १११ पालिका प्रमुखमा जित निकालेको छ भने १० स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले १४ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने पाँच पालिकामा अग्रस्थानमा छ ।
नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । जसपाले १८ पालिका प्रमुख जित निकालेको छ भने १७ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । यस्तै लोसपा ७ स्थानमा जित हासिल गरेको छ भने ५ स्थानको पालिका प्रमुखमा अगाडि छ ।
प्रतिक्रिया