सुनसरीको दुहबीमा कांग्रेस विजयी
नेपालखोज
२०७९ जेठ ६ गते ८:४४

सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका पोखरेल विजयी भएका हुन् । गच्छदारले ११ हजार ९१६ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनयकुमार पोखरेलले ११ हजार ४६१ मत ल्याए ।
त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पोखरेल ११ हजार ९६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका सरोजकुमार सिंहले पाँच हजार ४४ मत ल्याएका छन् । विसं २०७४ को निर्वाचनमा समेत यस नगरपालिकामा नगरप्रमुखमा गच्छदार नै निर्वाचित भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया