सोमबार, वैशाख ८, २०८२

पोखरामा आचार्यको अग्रता कायमै, थापाभन्दा ३,०३४ मतले धनराज अगाडि

नेपालखोज २०७९ जेठ ६ गते ८:५४

पोखरा । पोखरा महानगरका मेयरमा एकीकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यको अग्रता कायमै छ । यो समाचार तयार पारुन्जेल उनले २५,२२६ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले २२,१९२ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले २,३०४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेद्वार खडकराज पौडेलले २,५९० मत ल्याएका छन् ।

यसैबीच उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङलाई पछि पार्दै नेपाली कांग्रेसकी कोपिला रानाभाटले २५,४५९ मत ल्याएकी छन् । गुरुङले भने २५,४०४ मत ल्याएकी छन् । राप्रपाकी रञ्जनाकुमारी सेन पौडलले २,३८५ मत ल्याएकी छन् ।

प्रतिक्रिया