सोमबार, वैशाख ८, २०८२

स्थापितभन्दा १२,२१५ र सिंहभन्दा १३,२०० मतले बालेन्द्र शाह अगाडि

नेपालखोज २०७९ जेठ ६ गते ९:३३

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले २६ हजार ६०१ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै !’ को अवस्था बनेको छ । केशव र सिर्जनाको मत परिणाम कछुवाको गतिमा अघि बढिरहेको छ ।

पछिल्लो मत परिणामअनुसार स्थापितले १४ हजार ३८६ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन १२ हजार २१५ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले १३,४०१ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १७१९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार सुमन सायमीले १११२ र विवेकशीलकी समीक्षा बास्कोटाले १८६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा सुनीता डंगोलले २६ हजार ५७५ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ८,५९१ मत प्राप्त गरेका छन् । उपमेयरमै राप्रपाकी विनीता मगैयाले ३,४४९, स्वतन्त्र उम्मेद्‌वार बेन्जीसिंह महर्जनले २,०७१, विद्या श्रेष्ठ (महर्जन) ले १,३६५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया