सोमबार, वैशाख ८, २०८२

६,१४८ मतान्तरले विराटनगर महानगरमा कोइरालाकाे अग्रता कायमै, थापा पछ्याउँदै

नेपालखोज २०७९ जेठ ६ गते ९:५८

काठमाडौं । देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । देशभरका स्थानीय तहको प्रमुख र उपप्रमुख कांग्रेस अग्रस्थानमा देखिएको छ । एमाले दोस्रो स्थानमा छ भने माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । काठमाडौं, विराटनगर, भरतपुरलगायत स्थानीय तहमा परिणाम कस्तो हुने हो भन्ने आमचासो छ ।

विराटनगर महानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रस्थान बनाएका छन् । उनले २४,५६३ मत प्राप्त गरेका छन् । नागेशलाई एमालेका सागरकुमार थापाले पछ्याइरहेका छन् । थापाले १८,४१५ मत प्राप्त गरेका छन् । नागेशले सागरलाई ६,१४८ मतान्तरले छाड्दै अघि बढिरहेका छन् । मेयरमा स्वतन्त्र उम्मेद्वार उमेशकुमार यादवले ७,०७२मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका प्रह्लादप्रसाद साह हलुवाईले ४,४३१ मत प्राप्त गरेका छन् ।

यसैबीच उपमेयरमा एमालेकी शिल्पा कार्की अगाडि छिन् । उनले २१,३८२ मत प्राप्त गरेकी छन् । यसैगरी जसपाबाट उपमेयरका उम्मेद्वार अमरेन्द्र यादवले १२,१०४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया