सोमबार, वैशाख ८, २०८२

स्वतन्त्रको आकर्षण : हुम्लाको चंखेली गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्‌वार विजयी

नेपालखोज २०७९ जेठ ६ गते १०:५६

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् । उनी नेकपा माओवादी केन्द्रका उम्मेद्वारलाई पराजित गर्दै विजयी भएका हुन् । स्वतन्त्र उम्मेदवार शाहीले १,६९५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका गोविन्दबहादुर शाहीले १,३८१ मत ल्याए ।

चंखेली पालिकामा माओवादी केन्द्र र कांगेसबीच गठबन्धन थियो । कांग्रेससँग असन्तुष्ट भएर प्यारीलालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई एमाले र एकीकृत समाजवादीले समर्थन गरेका थिए । उपाध्यक्षमा एकीकृत समाजवादीकी प्रेमकला शाही १,३७२ मत ल्याएर विजयी भएकी छन् । प्रतिस्पर्धी कांग्रेसकी मैना बुढाले १,१७३ मत ल्याइन् ।

प्रतिक्रिया