सोमबार, वैशाख ८, २०८२

गगन थापाले भने- भान्सामा विदेशी सामानको प्रयोग गर्न बन्द गरियोस्

नेपालखोज २०७९ जेठ ६ गते १५:०१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘नेपाल मान्छे वेच्ने र मालसमान किन्ने देश भएको टिप्प्णी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको प्रिबजेट छलफल कार्यक्रममा सहभागी हुँदै थापाले कृषिप्रधान देश भनिए पनि भान्छामा सबै सामान विदेशबाट ल्याएर चलाइने गरेको जनाए ।

महामन्त्री थापाले नेपालमा जुत्ता र कपडाका उद्योगहरु स्थापना हुनुपर्नेमा जोड दिएका छन् । नेपालमा नौ करोड जुत्ता आवश्यक हुने, तर विदेशबाट पाँच करोड जुत्ता आयात हुने गरेको थापाको भनाइ छ ।

नेपाली बजारमा उत्पादन हुने बस्तुलाई प्राथमिकता दिनुपर्ने महामन्त्री थापाको जोड छ । कपडा उद्योगको प्रवद्र्दन गर्न नेपालमा राम्रो सम्भावना भएको महामन्त्री थापाको दाबी छ । देशमा व्यापारघाटा बढेकाले त्यसलाई रोक्नेगरी बजेट निर्माण गर्नुपर्नेमा थापाले जोड दिएका छन् । भान्छामा विदेशबाट ल्याइएका बस्तु मात्रै प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा थापाको जोड छ ।

प्रतिक्रिया