सोमबार, वैशाख ८, २०८२

विराटनगरको मेयरमा २५,९१८ मतसहित नागेश अघिअघि, सागर पछ्याउँदै

नेपालखोज २०७९ जेठ ६ गते १६:३१

विराटनगर । देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । देशभरका स्थानीय तहको प्रमुख र उपप्रमुख कांग्रेस अग्रस्थानमा देखिएको छ । एमाले दोस्रो स्थानमा छ भने माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । काठमाडौं, ,विराटनगर, भरतपुरलगायत स्थानीय तहमा परिणाम कस्तो हुने हो भन्ने आमचासो छ ।

विराटनगर महानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रस्थान बनाएका छन् । उनले यो समाचार तयार पार्दासम्म २५,९१८मत प्राप्त गरेका छन् । नागेशलाई एमालेका सागर थापाले पछ्याइरहेका छन् । थापाले १९,३५० मत प्राप्त गरेका छन् । मेयरमा स्वतन्त्र उम्मेद्वार उमेशकुमार यादवले ७,९२३ मत प्राप्त गरेका छन् ।

यसैबीच उपमेयरमा एमालेकी शिल्पा कार्की अगाडि छन् । उनले २२,६०८ मत प्राप्त गरेकी छन् । यसैगरी जसपाबाट उपमेयरका उम्मेद्वार अमरेन्द्र यादवले १२,७७८ मत प्राप्त गरेका छन् । राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ५,८३४ मत ल्याएकी छन् ।

प्रतिक्रिया