सोमबार, वैशाख ८, २०८२

बालेन्द्र ३३,६२४ मतसहित अघिअघि, केशव र सिर्जना पछि…

नेपालखोज २०७९ जेठ ७ गते ११:४९

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ३३ हजार ६२४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै’ को अवस्था बनेको छ । केशव र सिर्जनाको मत परिणाम कछुवाको गतिमा अघि बढिरहेको छ ।

पछिल्लो मत परिणामअनुसार स्थापितले १८,१८९ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन १५ हजार ४३५ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले १८,०५४ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा सुनीता डंगोलले २६ हजार ५७५ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ८,५९१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया