पोखरामा धनराजको अग्रता कायमै, कृष्णबहादुरभन्दा ३,४३९ मतले अगाडि
नेपालखोज
२०७९ जेठ ७ गते १२:५८

पोखरा । पोखरा महानगरका मेयरमा एकीकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यको अग्रता कायमै छ । यो समाचार तयार पारुन्जेल उनले ३२,४८० मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले २९,०४१ मत ल्याएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ३,५२० मत ल्याएका छन् भने स्वतन्त्र उम्मेद्वार खडकराज पौडेलले २,२४९ मत ल्याएका छन् ।
यसैबीच उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले ३३,२२१ मत प्राप्त गरेकी छन् । यस्तै नेपाली कांग्रेसकी कोपिला रानाभाटले भने ३२,९५९ मत ल्याएकी छन् । राप्रपाकी रञ्जनाकुमारी सेन पौडलले ३,४११ मत ल्याएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया