एमालेका केशव स्थापितभन्दा सिर्जना अगाडि , बालेनको अग्रता भने कायमै
नेपालखोज
२०७९ जेठ ७ गते १४:२९

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । जारी मतगण्नाबाट परिणाम कस्तो आउने होला भन्ने सबैमा चासो छ । अहिलेसम्मको परिणामअनुसार बालेन्द्र साहले अग्रता लिइरहेका छन् ।
यता कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापित भने को अघि र को पछि हुनेमा सीमित छन् । पछिल्लाे मतपरिणामअनुसार सिर्जनाले स्थापितलाई पछाडि पारेकी छन् । सिर्जना र स्थापितबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेनले ३२ हजार ९७८ मत ल्याएका छन् । दोस्रो स्थान बनाएकी सिर्जनाले १७ हजार ७०२ मत प्राप्त गरेकी छन् । स्थापितले १७ हजार ६७८ मत ल्याएका छन् ।
सम्बन्धित
प्रतिक्रिया