सोमबार, वैशाख ८, २०८२

३१० पालिकामा कांग्रेसको नेतृत्व, एमाले १९० र माओवादी ११९ पालिकामा विजयी

नेपालखोज २०७९ जेठ ८ गते ७:३२

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म ३१० पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म १८ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १९० वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । १४ पालिका प्रमुखमा एमाले अग्रस्थानमा छ ।

माओवादी केन्द्रले ११९ पालिका प्रमुखमा जित निकालेको छ भने दुई स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले १७ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने दुई पालिकामा अग्रस्थानमा छ ।

जनता समाजवादी पार्टीले २६ प्रमुख पद जितेको छ भने ६ स्थानमा अगाडि छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा प्रमुख पद जितेको छ भने ५ स्थानमा अगाडि छ । स्वतन्त्र तथा अन्य पार्टीले २९ स्थानको प्रमुखमा जित हासिल गरेका छन् भने तीन स्थानमा अगाडि छन् ।

प्रतिक्रिया