इटहरीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
नेपालखोज
२०७९ जेठ ८ गते ८:११

काठमाडाैं । सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा एमालेका उम्मेद्वार सङ्गीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार केशवकुमार विष्ले १८ हजार ३१ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया