सोमबार, वैशाख ८, २०८२

दाहालले कटाइन् ३५ हजार मत, सुवेदी र पाैडेलकाे कति पुग्याे ?

नेपालखोज २०७९ जेठ ८ गते ९:२०

चितवन । भरतपुर महानगरपलिकामा मतगणना जारी छ । विभिन्न स्थानीय तहमध्ये भरतपुरको नेतृत्व कसको हुने भन्ने देशैभर चासो छ । पछिल्लोे मतपरिणामअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा छिन् ।

रेणुले निकट्तम प्रतिस्पर्धी एमालेका विजय सुवेदीभन्दा ७,४६५ मतले अग्रता लिइरहेकी छन् । यो समाचार तयार पार्दासम्म रेणुले ३५,२३० मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले २७,७६५ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले ११,८५२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया