३६,७९७ मतसहित रेणु अघिअघि, विजयसँगको मतान्तर ७,९७६ पुग्यो
नेपालखोज
२०७९ जेठ ८ गते १३:३१

चितवन । भरतपुर महानगरपलिकामा मतगणना जारी छ । विभिन्न स्थानीय तहमध्ये भरतपुरको नेतृत्व कसको हुने भन्ने देशैभर चासो छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा छिन् ।
रेणुले निकट्तम प्रतिस्पर्धी एमालेका विजय सुवेदीभन्दा ७,९७६ मतले अग्रता लिइरहेकी छन् । यो समाचार तयार पार्दासम्म रेणुले ३६,७९७ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले २८,८२१ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले १२,१८८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३८,८९१ मतसहित अग्र स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २२,७७२ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया