बाजुराको बूढीगंगा नगरपालिकामा पुन: मतदान हुने
नेपालखोज
२०७९ जेठ १२ गते २०:४१

काठमाडाैं । बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने भएको छ । निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने जानकारी गराएको हो ।
मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिने आयोगले जनाएकाे छ । यसअघि ३० वैशाखमा भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतदान रोकिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया