रियलमी ९ सार्वजनिक, दराज र देशभरका स्टोरमा पाइने

काठमाडौं । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ९ सिरीज अन्तर्गत आफ्नो थप नयाँ फोन रियलमी ९ उपलब्धताको घोषणा गरेको छ । यो स्मार्टफोन अर्को साता देखि दराज र सबै मेनलाइन च्यानलहरुमा उपलब्ध हुनेछ ।
उत्कृष्ट प्रोलाइट क्यामेरा र सामसङ ISOCELL HM6 इमेज सेन्सर साथ आएकोे रियलमी ९ विश्वको पहिलो स्मार्टफोन मध्ये एक हो जसले कम प्रकाशमा पनि फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्दछ । १०८ एमपी प्रोलाइट क्यामेरामा ८ एमपी रिजोल्युसनको साथ १२० डिग्री सुपर वाइड क्यामेरा र २ एमपी रिजोल्युसनको साथ ४ सेमी म्याक्रो क्यामेरा छन् । रियलमी ९ स्न्यापड्रागन ६८० प्रोसेसर सहित ६ एनएम प्रक्रियामा आधारित छ ।
यो स्मार्टफोनमा १०२४० स्तरको ब्राइटनेस समायोजनको साथ ९० हर्जको सुपर एमोलेड डिस्प्ले रहेको छ साथै यसमा भएको १६ एमपी सेल्फी क्यामेराले अँध्यारोमा पनि प्राकृतिक र उत्कृष्ट सेल्फी लिन सकिन्छ । यो फोन ३३ वाट डार्ट टेक्नोलोजी द्वारा समर्थित ५००० एमएएच् मेगा ब्याट्री सँग सुसज्जित छ । रियलमी ९ मा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन रहेको छ जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ । यसले मुटुको गति पत्ता लगाउने इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र डायनामिक र्याम विस्तार प्रविधि- डीआरई पनि समावेश गरेको छ जसले पहिले अवस्थित र्याममा ५ जिबी सम्म थप्न सक्छ यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राम मात्र छ । यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्व इन्सटल्ड रियलमी यूआई ३.० सहित उपलब्ध छ ।
यो फोन दुई भिन्न भेरियन्ट र तीन भिन्न रंगहरु टारगेज ह्वाइट, सनबस्र्ट गोल्ड र मिटियर ब्ल्याकमा उपलब्ध छ । यसको मूल्य ८÷१२८ जिबी भेरियन्टको लागि मूल्य रु.३३,४९९ र ६/१२८ जिबी भेरियन्टको लागि मूल्य रु. ३१,४९९ तोकिएको छ । ८/१२८ जिबी भेरियन्ट अर्को साता देखि खरिदका लागि उपलब्ध हुनेछ ।
रियलमीको बारेमा
टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्डसेटिङ ब्राण्ड हो । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ४ मा आधिकारिक रुपमा यसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ । रियलमी कृत्रिम इन्टरनेटको क्षेत्रमा अधिक अन्वेशषण गर्दै स्मार्टफोनको क्षेत्रमा ट्रेन्डसेटिङ डिजाइन र प्रविधिको प्रयोग गर्न प्रतिवद्ध रहेको छ ।
२०२१ को दोस्रो क्वाटरमा जिटी सिरीज, नम्बर सिरिज, नार्जो सिरीज र सी सिरीज लगायतका एन्ट्री लेभलदेखि फ्लागशिप खण्डहरु सम्मको समग्र स्मार्टफोन पोर्टफोलियोका साथ रियलमी विश्वको नम्बर ६ स्मार्टफोन ब्रान्ड बनेको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार : भारतीय बजारमा फाइभजी लयाउने रियलमी पहिलो फोन हो, २०१९ फेब्रुअरीमा रियलमी एक्स५०प्रो फाइभजी र दोस्रो क्वाटर २०२१ मा २३ प्रतिशत शेयरका साथ भारतको शीर्ष फाइभजी स्मार्टफोन ब्रान्ड बनेको छ ।
रियलमीले १-५-टी रणनितिद्वारा रियलमी टेकलाइफ ईकोसिस्टमको शुरुवात गरेको छ ,जुन स्मार्टफोनमा केन्द्रित छ र स्मार्ट लाइफको ५ श्रेणीहरु स्मार्ट टिभी, वेरबल्स, टिडब्लुएस, ल्यापटप, ट्याब्लेटहरु र रियलमी टेकलाइफ ब्रान्डका ३ श्रेणीहरु स्मार्ट लाइफ केयर, स्मार्ट मनोरञ्जन र स्मार्ट जडानका उत्पादनहरुमा विस्तार गरिएको छ । रियलमीले ‘रियलमी टेकलाइफ इकोसिस्टमलाई’ समृद्ध बनाउन थप नवीन प्रविधि उत्पादनहरुमा विकास गर्दै आएको छ ।
प्रतिक्रिया