बुधबार, वैशाख १०, २०८२

विन्ध्यवासिनी हाइड्रोपावरकाे आईपीओ भोलिदेखि

नेपालखोज २०७९ जेठ १९ गते १९:३४

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भोलिदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  सर्वसाधारणले यो आईपीओ खरीदका लागि जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया