शंका होला
केशव आचार्य
२०७९ जेठ २१ गते ९:०९

वागमा रातो गुलाफ नउमार्नु-शंका होला ।
पुरुष जातकै तस्बिर नउतार्नु-शंका होला ।
झुक्किएर पनि मेरो तस्बिरमा पर्ने गरी,
तिम्रो शरीरको छाया नपार्नु-शंका होला ।
व्रत बसेको दिनमा- भगवान्लाई सम्झी,
फलफूल र प्रसाद पर नसार्नु- शंका होला ।
मध्य रातमा एक्कासि निँदले छोडेमा पनि,
चुपचाप सुत्नु ,आँखा नउघार्नु शंका होला ।
जस्तो अभर परेता पनि, उस्ले सुन्ने गरी,
हे दैव ! भनी- देवता नपुकार्नु-शंका होला ।
रुँदा- अरु दिननै रुँनु, कुनै बहना बनाई,
म मरेको दिनमा आँसु-नझार्नु शंका होला ।
सम्बन्धित
प्रतिक्रिया