बुधबार, वैशाख १०, २०८२

दोस्रो कारोबार दिनमा ४५ अंकले नेप्से घट्दा १ अर्ब ३१ करोडको कारोबार

नेपालखोज २०७९ जेठ २४ गते १५:३३

काठमाडौं । नेप्सेको उच्च गिरावटले साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १२ अंंकले घटेको नेप्से आज पुनः ४५ दशमलव ५९ अंकले घटेर दुई हजार २० दशमलव २३ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २४ अंकले घटेर तीन सय ८९ दशमलव १२ अंकमा पुुगेको छ ।

दुई सय ३४ कम्पनीको २८ हजार नौ सय ५९ पटकको कारोबारमा आज ३८ लाख ८७ हजार सात सय ४८ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसमा कुल कारोबार रकम एक अर्ब ३१ करोड २८ लाख ६ हजार पाँच सय ६३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३८ दशमलव ८६ अंकले घटेर १३ सय ८९ दशमलव ६० अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ८८ दशमलव ९४ अंकले घटेर तीन हजार पाँच सय २९ दशमलव ७६ अंकमा पुुगेको छ ।

जलविद्युत् समूहको सूचक ४७ दशमलव ६८ अंकले घटेर २३ सय ७३ दशमलव नौं अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय ३९ दशमलव ७८ अंकले घटेर आठ हजार तीन सय ४५ दशमलव ३५ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक ८७ दशमलव १८ अंकले घटेर नौ हजार पाँच सय ७६ दशमलव ४२ अंकमा झरेको छ । यस्तै फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर २१ सय २६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन बैंकको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले घटेर तीन सय २३ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज एनआईसी एसिया बैंकको प्रतिकित्ता सात सय आठ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा ६ करोड ११ लाख ८८ हजार ६ सय ८३ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया