प्रदेश १ को नाम राख्न कांग्रेस र एमाले सहमत
नेपालखोज
२०७९ जेठ २९ गते २०:१८

काठमाडाैं । प्रदेश १ को नामकरणका लागि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सहमत भएका छन् । आज प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले छलफल गरेका थिए ।
छलफलमा उनीहरु जारी अधिवेशनबाटै नामको टुङ्गो लगाउन सहमत भएका हुन् । संसद बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले सबैतिर बेनामे प्रदेश भनिएको र यसले मन मस्तिष्कमा छोएकाले आफूहरू नाम टुङ्गो लगाउने क्रममा पहलकदमी र सहजीकरण गर्ने विषयमा तयार रहेको बताएका थिए ।
सम्बन्धित
प्रतिक्रिया