नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्दो
अहिलेसम्म १ करोड ७६ लाख नाघे
नेपालखोज
२०७९ जेठ ३० गते १३:०६

काठमाडौं । मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ करोड ७६ बढी पुगेको छ । बैशाख ३१ गतेसम्म मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ लाख ७६ हजार २५९ पुगेको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या अघिल्लो वर्षको सोही अवधिको भन्दा १.६६ प्रतिशतले बढी देखिएको छ । यस आर्थिक वर्षको बैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रविधिबाट मात्र कुल ११ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसैगरी डिजिटल भुक्तानीका साधनहरु प्रिपेडकार्ड, आरटीजीएस, कनेक्ट आईपीएसलगायत प्रणालीबाट समेत अर्बौको कारोबार भएको छ ।
सम्बन्धित
प्रतिक्रिया