बुधबार, वैशाख १०, २०८२

नगर/गाउँसभालाई मेरो सुझाव !

कृष्णप्रसाद लम्साल २०७९ जेठ ३० गते १४:४२

गैसस महासघ धादिङद्वारा स्थानीय निकायका नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना र बधाई दिन आयोजित एक कार्यक्रममा मैले मूलतः चारवटा सुझाव दिने जमर्को गरेको थिएँ ।

१. सहशासन- ‘Threat Power’ समेत रहेको तीनै तहका सरकार( beyond government ) देखि माथि उठेर निजी क्षेत्रमा हुने ‘economic power’ र गैससमा हुने ‘Social Power’ लाई समेत पालिका स्तरको सामाजिक आर्थिक विकासको साझेदार बनाउने सैद्धान्तिक पक्षलाई व्यवहारमा उतारौं ।

२. सूची तयार (Roster) :- आ- आफ्नो पालिकाभित्र रहेका बहुआयामिक र बहुक्षेत्रीय/विभिन्न क्षेत्रमा काम गर्ने योग्यता, दक्षता र अनुभव हासिल गरेका गैसस/सामुदायिक संगठन/विज्ञहरुको लगत सकलन गरौं ।

३. परिचालन : विषय क्षेत्र हेरी तत्‌तत संस्था तथा सामुदायिक संगठनहरुलाई पालिकाहरुको नीति र कानुन निर्माण, सेवा प्रवाह र विकास व्यवस्थापन/आयोजनमा साझेदार बनाऔं ।

४. परामर्श सेवा : सानो कामका लागि पनि काठमाडौंबाट विज्ञ समूह आदि मगाएर लिने गरिएको ‘Consulting Service’ मा लाखौं खर्च नगरी सम्भव भएसम्म स्थानीय गैसस र तिनीहरूका विज्ञहरुकै सेवा लिँदा सस्तो र स्वयं पालिकाहरुकै क्षमता विकास हुने, सहकार्य बढ्ने र स्थानीय सरकारप्रति नागरिकको विश्वास (Trust/Legitimacy) बढ्न सक्दछ ।

-लम्साल जिल्ला प्रशासन कार्यालय धादिङमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया