लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई बुटवल पठाइयाे
नेपालखोज
२०७९ असार १ गते ९:५५

काठमाडाैं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । दाङको तुलसीपुरमा मंगलबार एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति बुटवल पठाइएको हो ।
पीडित महिला मिना भण्डारीले भने आफूमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । प्रहरी प्रमुख सुरेश काफ्लेले उक्त जाहेरीमाथि अनुसन्धान भइरहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया