ह्वावे डिजिटल नेपाल कनक्लेभ २०२२ मा ‘लाइटिङ अप द फ्युचर’ प्रदर्शनी (तस्बिरसहित)

काठमाडौं । जीवनलाई अझ राम्रो बनाउन, व्यवसायहरूलाई स्मार्ट र समाजलाई थप समावेशी बनाउन मद्दत गर्ने ICT सोलुसनहरू साझेदारी गर्ने लक्ष्यका साथ ह्वावेले ICT फाउन्डेसन नेपाल र ह्वावे द्वारा संयुक्त रूपमा आयोजित ह्वावे डिजिटल नेपाल कनक्लेभमा आफ्नो ‘लाइटिंग अप द फ्यूचर’ (Lightning up the future) प्रदर्शनी आयोजना गरेको थियो ।
२ दिने प्रदर्शनीमा सरकार, दूरसञ्चार र समग्र ICT क्षेत्रका ६०० भन्दा बढी अतिथिहरुले अवलोकन गरेका थिए । उक्त प्रदर्शनीलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका उपराष्ट्रपति नन्दकिशोर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री – ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार तथा सूचना प्रविधि मन्त्रीका माननीय सचिव वैकुण्ठ अर्याल, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायत सरकारका विशिष्ट व्यक्तित्वहरुले अनुग्रहण गरेका थिए ।
ICT प्रविधिको विश्वव्यापी अडप्सन र ‘Gigaverse’MBB नेटवर्कहरू, नेटवर्क फर क्लाउड, ग्रिन ICT, 5G र यसको प्रयोगका केसहरू, ह्वावेको पब्लिक र हाइब्रिड क्लाउड सोलुसन र ह्वावेको डेटा सेन्टर सोलुसन प्रस्तुतीकरणहरूसित यो आउँदो दशक कस्तो देखिन्छ भन्ने कुरा प्रदर्शनीमा ह्वावेको ‘इन्टेलिजेन्ट वर्ल्ड २०३०’को भिजनले प्रस्तुत गरेको थियो ।

कनक्लेभमा ह्वावेका ग्लोबल पब्लिक सर्भिस इन्डस्ट्री विशेषज्ञ प्याट्रिक लाओले दिगो वृद्धि हासिल गर्न डिजिटल रूपान्तरण र प्रयोगकर्ता-केन्द्रितताको आवश्यकताबारे जानकारी दिए । उनले ह्वावेको ‘इन्टेलिजेन्ट-टुइन आर्किटेक्चर’ कसरी डिजिटल रूपान्तरणका लागि सक्षमकर्ता हो भनेर प्रदर्शन गरे । ह्वावेको ‘इन्टेलिजेन्ट-टुइन आर्किटेक्चर’ Cloud+AI सोलुसन हो जसले इनोभेटिभ एप्लिकेसनहरूलाई समर्थन गर्न क्लाउड, नेटवर्क, एज र उपकरण मार्फत बनेको सही पूर्वाधारमा जोड दिन्छ ।
ह्वावे डिजिटल नेपाल कनक्लेभ उद्घाटन समारोहमा आयोजित विशेष मन्तव्यमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले आर्थिक विकासमा ICT को भूमिकालाई उजागर गरेका थिए । उनले भने, ‘डिजिटल अर्थतन्त्रले महामारीपछिको रिकभरीलाई इन्धन दिनेछ । २०२० मा विश्वको GDP २.८ प्रतिशतले घट्यो तर ICT लगानी ५ प्रतिशतले बढ्यो । सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५० प्रतिशत डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको छ ।’
डेटा स्टोरेजको लोकलाइजेसन प्रवृत्तिका बारेमा उनले भने, ‘नेपालका लागि भरपर्दो र सुरक्षित सार्वभौम डेटा सेन्टर हुनु अहिलेको आवश्यकता हो । यो नेपाली नागरिकको तथ्यांक संकलन र संरक्षण मात्र होइन, एकीकृत सरकारी सेवाहरू उपलब्ध गराउन र साँच्चै डिजिटल नेपालको आधारशिलाका रूपमा काम गर्न आवश्यक छ ।’ उनले नेपालको डिजिटल रूपान्तरणको सम्भावनालाई साकार पार्न विश्वव्यापी र गुणस्तरीय ब्रोडब्यान्ड कभरेजको आवश्यकतालाई पनि औंल्याए ।



प्रतिक्रिया