अराष्ट्रिय पुरस्कार

कृपालुजी महाराजले आँखा घुमाए । उनकाे नजरतर्फ तेत्तिस काेटी मनुष्यहरूकाे दर्शन थियाे । दर्शन गर्नेहरू मध्ये उनकाे आँखामा बिजेका र सजिएका थुप्रै मान्छेहरू थिए । उनले पुलुक्क आँखा पल्टाएर बचपनदेखि सजिएका संगातीलाई घाेषणा गरे ।
‘राष्ट्रिय प्रतिभा पुरस्कार !’ एक त पुरस्कार भन्ने बित्तिकै कृपाकाे कुरा हुने नै भयाे । कृपा नपाइकन कसैले कसैलाई पुरस्कार दिनु गणतन्त्रमा अपराध ठानिन्थ्याे । वास्तवमा गणतन्त्रकाे स्वाद भनेकै कृपाङ्क हाे । जाेसँग कृपाङ्क प्राप्त गर्नसक्ने ल्याकत छैन ।
यी सबै कुरा ‘आकासकाे फल, आँखा तरि मर’ भन्ने उखान चित्रण हुन्थ्याे । एकदिन जयप्रसादलाई कसैले फाेनमा सुझायाे । ‘तपाईं त कति भाग्यमानी ?, बधाई !’ ‘किन र ? भाइ !’ ‘राष्ट्रिय प्रतिभा पुरस्कारका लागि !’ जयप्रसाद अमिलाे मनका साथ फाेनमा थकथक गर्न थाले ।
उसलाई रिस उठ्याे । आफ्नाे विवशता बताउँदै अन्त्यमा भने गुनासाे पाेखे । ‘लज्जाबाेध छ !’ ‘किन लज्जा मान्नु ?’ ‘आजकलकाे माैसम नै यस्तै छ । खास आफ्नाे मान्छे नभई यस्ताे पुरस्कार नपाइने राष्ट्रिय मान्यता छ !’ ‘उसाे भए तपाईकाे खास मान्छे काेही छैन र ?’ ‘छैन नि !’ ‘कसरी पाउनुभयाे त ?’ जयप्रसादकाे फाेन राेकियाे । प्राप्त पुरस्कार बारे अलमलमा परे ।
उनी भर्याङ्गमा तल माथि गर्दै तरङ्गहरू चलाउन थाले । ‘खासमा म कसकाे मान्छे ?’ उनकाे याे मनाेतरङ्ग चलिरहेकाे थियाे । फाेनकाे अर्काे घण्टी बज्याे । उनले फाेनमा सुने । ‘बधाई छ, भूमिगत पुरस्कारका लागि !’ स्वाभिमानमाथि भूमिगत कृपाले उनलाई आजदेखि धुजाधुजा पारिदियाे ।
अपमानकाे आवेगमा मुखबाट शब्द निकाले । ‘अराष्ट्रिय पुरस्कार !’ भाग्यमानीहरू भागिदार पुरस्कारकाे इज्जत खाेज्न फेसबुक भरि खुब दाैडिरहेका थिए । तर जयप्रसाद आफुले आफैलाई कमेण्ट लेखे । ‘लज्जित छु !’
प्रतिक्रिया