विवाहमा बदलियो नीता र हरिहरको प्रेम !
नेपालखोज
२०७९ असार २४ गते १६:२९

काठमाडौं । नायिका निता ढुंगाना र ज्योतिषी एवं नायक हरिहर अधिकारीले लगन गाँठो कसेका छन् । उनीहरूले चार वर्ष लामो प्रेम सम्बन्धलाई शुक्रबार (आज) विवाहमा परिणत गरेका हुन् ।
काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यति होटलमा उनीहरूको विवाह भएको थियो । वैवाहिक कार्यक्रममा उनीहरू निकट फिल्मकर्मी, आफन्त र सञ्चाकर्मी सहभागी थिए ।
उनीहरूले होटल याक एन्ड यतिमै आइतबार रिसेप्सन पार्टी आयोजना गर्ने भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया