बूढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले अगाडि, मतान्तर बढाउँदै
नेपालखोज
२०७९ असार २५ गते ११:४४

बाजुरा । बुढीगंगा नगरपालिकाको मेयरमा एमालेका रामबहादुर बानियाँ फराकिलो मतान्तरले अगाडि छन् । उनले मतगणनाको सुरुवातदेखि अग्रता लिँदै आएका छन् ।
यो समाचार तयार पार्दासम्म बानियाँ कांग्रेस उम्मेद्वारभन्दा ११५२ मतान्तरले अघि छन् । ३,९६२ मत गन्दा बानियाँले २,४४३ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले १,२९१ मत ल्याएका छन् ।
यसैबीच, उपमेयरमा एमालेकी मायाकुमारी खड्का अग्रस्थानमा छिन् । उनले २,४१७ मतका साथ अग्रस्थान का यम राखेकी छन् । कांग्रेसकी रीता शाहीले १,३१२ मत ल्याउँदै उनलाई पछ्याइरहेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया