एक जनाकाे तलबबाट कतिपटक कर तिर्नुपर्छ र किन.. जवाफ छ ?
कल्पेश रावल
२०७९ असार २८ गते १८:१७

एक जनाको तलबबाट कतिपटक कर तिर्नुपर्छ र किन.. जवाफ छ ?
मैले ३० दिन काम गरेको तलबबाट- तलब लिइयो- आयकर तिरें मोबाइल किनेँ- कर तिरें रिचार्ज किनेँ- कर तिरें डाटा लिएँ- कर तिरें बिजुली लिएँ- कर तिरें घर किनेँ- कर तिरें टिभी फ्रिज किनेँ- कर तिरें आदि । कार किनेँ- कर तिरें, पेट्रोल लिएँ- सेवाको कर तिरें, सडकमा कर तिर्यो- फेरि टोलमा कर तिर्यो,कर तिर्दा गल्ती गर्याे भने- कर तिर्यो, रेस्टुरेन्टमा खायो- पार्किङको लागि कर तिर्यो, पानीको लागि- कर तिर्यो, रासन किन्यो- कर तिर्यो, लुगा किन्यो- कर तिर्यो, जुत्ता किन्यो- कर तिर्यो यस्तै किताब लियो- कर तिर्यो, शौचालय गयो- कर तिर्यो, औषधि खायो- कर तिर्याे, ग्यास लियो- कर तिर्यो,सयौं कुरा लिँदा –कतै कर तिर्यो, कतै शुल्क तिर्यो, कतै बिल, कतै ब्याज दियो, कतै जरिवानाको नाममा र कतै घुसको नाममा, यो सब नाटकपछि गल्तीले बचतमा बच्याे त कर तिर्यो । जीवनभर काम गरेपछि न सामाजिक सुरक्षा, न चिकित्सा सुविधा, न सार्वजनिक यातायात, न खराब सडक, खराब प्रकाश, खराब हावा, खराब पानी, विषाक्त फलफूल र तरकारीहरू । अस्पताल महँगो, हरेक वर्ष मुद्रास्फीति, आकस्मिक खर्च र विपद्का कारण जताततै लाइन लाग्छ । कहाँ गयो सबै पैसा ? भ्रष्टाचारमा, चुनावमा, धनीहरूलाई सब्सिडीमा, माल्याजस्तो भगाउनमा, धनीहरूको नक्कली दिवालियापनमा, स्वीस बैंकमा, राजनेताको बंगला र कारमा, विधायक किन्न पाइयो, र हामीलाई झन्डु बाम बनाउनमा। अब कसलाई भनौं, चोर को हो ? आखिर कहिलेसम्म हामी सबै देशवासी यसरी जिउने ?
सम्बन्धित
प्रतिक्रिया