मन्दाकिनी हाइड्रोपावरकाे आईपीओ बिक्री खुला
नेपालखोज
२०७९ साउन ९ गते ७:०९

काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन १२ गते हुनेछ । सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २३ गतेसम्म लम्बिनेछ ।
सम्बन्धित
प्रतिक्रिया