आइतबार, वैशाख ७, २०८२

एसईईको परीक्षाफल एनटीसीमा कल गरेर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने

नेपालखोज २०७९ साउन १० गते १६:३२

काठमाडौं । एसईईको परीक्षाफल एनटीसीमा कल गरेर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ को एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्न नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको हो । यसअन्तर्गत परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

कल गरेर
नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिनेछ ।

एसएमएस :
मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space) छाडी अल्फाबेटसहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने । उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।

वेबसाइट :
नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिने । कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीका लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेपश्चात् परीक्षाफल हेर्न सकिनेछ ।

प्रतिक्रिया