कृषि विकास बैंकको खुद मुनाफा दुई अर्ब ६९ करोड

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष ०७८/७९ मा दुई अर्ब ६९ करोड ५७ हजार सात सय ७९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन अर्ब ५२ करोड ७५ लाख ३६ हजार नौ सय छ रुपैयाँ खुद मुनाफा कमाएको छ ।
हाल चुक्ता पुँजी १८ अर्ब ६२ करोड ६ लाख २७ हजार सात सय ६३ रुपैयाँ रहेको बैंकले आव ०७८/७९ मा एक खर्ब ६६ अर्ब ४९ करोड ६९ लाख ६५ हजार आठ सय १३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७८ अर्ब ५१ करोड ४७ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा सात अर्ब ७७ करोड ९१ लाख चार हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३७ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरतणयोग्य नाफा तीन अर्ब ९० करोड ६९ लाख ९० हजार पाँच सय ९७ रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब ६२ अर्ब ८१ करोड ४ लाख ३० हजार ६ सय ७७ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ५९ करोड ८३ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६ अर्ब ८६ करोड ५७ लाख १७ हजार नौ सय ७० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ३७ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया