आइतबार, वैशाख ७, २०८२

५ प्रमुख सेनानीलाई प्रदान गरियो दर्ज्यानी चिह्न (तस्बिरसहित)

नेपालखोज २०७९ साउन २४ गते १६:४७

काठमाडौं । मन्त्रिपरिषद्को यही साउन १९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायकरथी सागरबहादुर थापा र मानार्थ उपरथी दर्जामा निरज पौडेललाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

जंगी अड्डामा साउन २३ गते आयोजित कार्यक्रमकाबीच उपरथी सागर बहादुर थापा कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका हुन । प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका तीन महासेनानी र महासेनानी दर्जामा पदोन्नती भएका पाँचजना प्रमुख सेनानीलाई पदोन्नती दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

प्रतिक्रिया