मंगलबार, वैशाख ९, २०८२

२२० कम्पनीको सेयर किनबेच हुँदा १ अर्ब ४० करोडको कारोबार

नेपालखोज २०७९ भदौ १ गते १५:५०

काठमाडौं । नेप्सेमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन २४ दशमलव ८३ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) भने शून्य दशमलव ३६ अंकले घटेर दुई हजार ४० दशमलव ७० अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव २८ अंकले बढेर तीन सय ९४ दशमलव ६७ अंकमा चढेको छ ।

दुई सय २० कम्पनीको २६ हजार एक सय ९९ पटकको कारोबारमा ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमा कुल कारोबार रकम एक अर्ब ४० करोड ५९ लाख ७४ हजार दुई सय ५६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा बुधबार १३ समूहको कारोबार भएकामा सातवटाको सूचक बढेर ६ वटाको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ७५ अंकले घटेर १३ सय ४८ दशमलव ७३ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ४५ दशमलव ३३ अंकले घटेर नौ हजार तीन सय ९७ दशमलव चार अंकमा झरेको छ ।

नेप्सेमा झिनो अंकले गिरावट

यीबाहेक ट्रेडिङ, होटेल तथा पर्यटन, अन्य र लगानी समूहको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने २२ दशमलव ३२ अंकले बढेर तीन हजार ६ सय ९० दशमलव ६ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक १६ दशमलव ३२ अंकले बढेर दुई हजार चार सय २७ दशमलव ६३ अंंकमा चढेको छ ।

निर्जीवन बिमा समूहको सूचक ३३ दशमलव आठ अंकले बढेर आठ हजार दुई सय एक दशमलव ३६ अंकमा चढेको छ । फाइनान्स, उत्पादनमूलक, लघुवित्त र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा बुधबार स्वेत गंगा हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई सय ९५ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सामलिङ पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव १४ प्रतिशतले घटेर पाँच सय ३१ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज रिडी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता ६ सय ४४ रुपैयाँ अन्तिम मूल्यमा १८ करोड ४३ लाख ११ हजार आठ सय ९८ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया