आइतबार, वैशाख ७, २०८२

जाग्यो नेपालका अभियन्ताले गरे गहनापोखरी सफाइ (तस्बिरसहित)

नेपालखोज २०७९ भदौ ४ गते १५:५२

काठमाडौं । जाग्यो नेपालका अभिन्ताहरुले शनिबार काठमाडौंको गहनापोखरीमा सरसफाइ गरेका छन् ।

जाग्यो नेपालका अभियन्ताले स्थानीयको सहयोगमा पोखरीको लेउ हटाउने, पोखरी वरिपरिको घाँस काट्ने, रुख-बिरुवाका फैलिएका हाँगा हटाउने तथा छिमल्ने गरेका हुन् ।

शनिबार र बिदाका दिन बिहानको समय सदुपयोग गरी विभिन्न सार्वजनिक स्थान सफा गर्ने गरिएको अभियानका संयोजक विजय कँडेलले बताए ।
राजधानीलाई धूलोरहित बनाउने अभियानसहित जाग्यो नेपालले करिब ५ वर्षअघि सफाइ अभियान थालेको हो ।

यसअघि कोरोना भाइरसलगायत कारण सफाइ अभियान नियमित गर्न नसकिएको जनाउँदै कँडेलले आगामी दिनमा प्रत्येक शनिबार विभिन्न स्थान सफा गरिने बताए ।

प्रतिक्रिया