बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी ४ खर्ब ७ अर्ब

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी चार खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७८/७९ मा सञ्चालनमा रहेका २६ वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ विकास बैंक र १७ फाइनान्स कम्पनीसहितका ६० संस्थाले कुल चार खर्ब सात अर्ब ७८ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका हुन् ।
यस अवधिमा वाणिज्य बैंकहरूको मात्र चुक्ता पुँजी भने तीन खर्ब ५६ अर्ब नौ करोड ५० लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा विकास बैंकहरूको कुल चुक्ता पुँजी ३६ अर्ब ९९ करोड ४० लाख रुपैयाँ पुगेको छ भने फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी १४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको शाखा संख्या भने ६ हजार तीन सय ९४ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको कुल शाखा संख्या पाँच हजार नौ, विकास बैंकहरूको एक हजार एक सय १८ वटा र फाइनान्स कम्पनीहरूको दुई सय ६७ शाखा सञ्चालनमा रहेका छन् ।
बैंक तथा फाइनान्सहरूको हाल कायम रहेको चुक्ता पुँजी (रकम रु. हजारमा)

प्रतिक्रिया