१८ अंकले बजार घट्दा १ अर्ब ७१ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन दुई दशमलव ८६ अंकले घटेको नेप्से साताको पाँचौं कारोबार दिन आज (बिहीबार) भने १८ दशमलव तीन अंकले घटेर दुई हजार ३९ दशमलव ५४ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७८ अंकले घटेर तीन सय ९४ दशमलव ५१ अंकमा झरेको छ ।
दुई सय १९ कम्पनीको ३२ हजार नौ सय ४४ पटकको कारोबारमा ४२ लाख ३४ हजार एक सय १७ कित्ता सेयर खरिद–बिक्री भएको छ । बिहीबार कुल कारोबार रकम एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार सात सय ४१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा बिहीबार १३ समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ८९ अंकले घटेर १३ सय ५९ दशमलव १६ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ५७ दशमलव ४८ अंकले घटेर तीन हजार ६ सय ८७ दशमलव ७१ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक पनि ३९ दशमलव १५ अंकले घटेर २४ सय २५ दशमलव ८४ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक २१ दशमलव ७३ अंकले घटेर आठ हजार एक सय ७७ दशमलव ९६ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि ५८ दशमलव ५६ अंकले घटेर नौ हजार चार सय सात दशमलव १९ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज (बिहीबार) अपरहेवा खोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर तीन सय ६४ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मैलुङखोला जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ८२ प्रतिशतले घटेर चार सय ६९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज हिमाल दोलखा हाइड्रो पावर कम्पनीको प्रतिकित्ता दुई सय २३ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा ११ करोड २४ लाख ६५ हजार दुई सय ६१ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया