राष्ट्र बैंकद्वारा पुनः तीन अर्ब १३ करोड रुपैयाँँको ट्रेजरी आह्वा
नेपालखोज
२०७९ भदौ १२ गते २१:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह तीन बजेसम्म बोलकवोलका माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने भदौ १४ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कूल ट्रेजरी अन्र्तगत ९१ दिने अवधिको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७९ मंसिर १३ गते तोकिएको छ । राष्ट्र बैककाअनुसार यो ट्रेजरी पुरानो नविकरण अन्तर्गतको रहेको छ ।
यसअघि यही भदौ छ गते पनि राष्ट्र बैकले १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया