पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड(तस्बिरसहित)
नेपालखोज
२०७९ भदौ १४ गते १०:४५

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आज व्रत बस्दा मनोकामना पूरा हुने विश्वास रहेको छ । यस अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड रहेको छ ।




सम्बन्धित
प्रतिक्रिया