बिहीबार, वैशाख ११, २०८२

बेलायती पाउन्ड एकको खरिददर १४७ रुपैयाँ ३६ पैसा, बिक्रीदर १४८ रुपैयाँ ०५ पैसा

नेपालखोज २०७९ भदौ १६ गते ९:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२७ रुपैयाँ १४ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०५ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ १८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ७५ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया