सुरु भयो इन्द्रजात्रा, हनुमानढोका परिसरमा योसिँ ‘लिंगो’ ठड्याइयो (तस्बिरसहित)
नेपालखोज
२०७९ भदौ २२ गते १२:०९

काठमाडौं । इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा ३२ हातको योसिँ (३२ हातको लिंगो) ठड्याइएको छ । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिंगो आइतबार बिहान शुभसाइतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पुर्याएको थियो ।

काठमाडौंका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिंगो ठड्याउने प्रचलन रहेको मानिन्छ । योसिँ अर्थात लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको मानिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।





सम्बन्धित
प्रतिक्रिया