तक्मा नदेऊ !
अर्जुन पराजुली
२०७९ असोज ४ गते १४:५२

गाली देऊ !
अपमान देऊ !
झुटा मुद्दा देऊ !
त्यतिले पनि धीत मरेन भने
बरु जेल देऊ !
सरकार !
तिमीले मलाई तक्मा नदेऊ !
तिमीले तक्मा दियौ भने
दुनियाँका अगाडि मैले
मुख कसरी देखाउनु ?


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया