टुकुचा मिचौँ !
अर्जुन पराजुली
२०७९ असोज ६ गते १२:३५

टुकुचा मिचौँ,
आफ्नु जग्गामा जोडिएको छैन !
सडक मिचौँ,
बसेको घर आफ्नु हैन !
फैसला मिचौँ,
नियुक्ति न्यायाधीशको भौन!
लालपुर्जा मिचौँ,
जागीर मालपोतमा छैन !
कमिशन मिचौँ,
मन्त्रीको अंशमा पर्छ, आफ्नुमा पर्दैन!
सुकुम्बासीको भाग मिचौँ,
सुकुम्बासीमा नाम दर्ता छैन !
चुनाबको टिकट मिचौँ,
डाडु-पुन्यु आफ्नु हातमा हैन !
आफूसँग भएको त्यही एउटा संविधान हो,
त्यही पनि नमिच्नु त ?!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया